सिन्धुकपको उपाधि भगवती युथ क्लबलाई

डिसी नेपाल
२ असार २०८० १९:४७

काठमाडौं । नवौं सिन्धुकप फुटवल प्रतियोगीताको उपाधि टोखा भगवती युथ क्लवले जितेको छ ।

सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटवल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती युथ क्लवले उपाधि जितेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

उपाधि टोखा भगवती युथ क्लवले रु दुई लाख, मेडल र ट्रफि हात पारेको छ भने उपविजेता काभ्रे फुटवल संघले १ लाखमा चित्त बुझाएको छ । विजेता–उपविजेता लगाएतका टोलीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले मेडल प्रमाणपत्र प्रदान गरेका थिए । सिन्धु स्पोट्र्स क्लवको आयोजनामा भएको प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *