समाजवादी मोर्चाको घोषणा हुँदै (लाइभ)
काठमाडौं । समाजवादी मोर्चाको घोषणा भइरहेको छ। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा भइरहेको हो । आज राष्ट्रिय सभा गृहमा भइरहेको कार्यक्रममार्फत औपचारिक घोषणा हुँदैछ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए।
दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरेका बताइएको छ।
यसैगरी, मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्ष सहितको एउटा संयोजन समिति हुने र त्यसले आवश्यकताअनुसार उपसमितिहरु बनाएर अन्य दलहरुलाई पनि सहभागी गराउने निर्णय भएको जनाइएको छ।






डिसी नेपाल





Facebook Comment