राति कम सुत्नुहुन्छ? यी घातक रोगको जोखिम ५१ प्रतिशतले बढ्छ!

डिसी नेपाल
६ असार २०८० १५:३२

काठमाडौं। यदि तपाई राति कम सुत्नु हुन्छ भने होसियार हुनुहोस् । किनभने कम सुत्नेमा मृत्युको जोखिम बढी हुन्छ। यो कुरा एक अनुसन्धानमा पुष्टि भएको छ।

निद्रा स्वास्थ्यका लागि त्यति नै महत्त्वपूर्ण छ, जति सही खानेकुरा हुन्छ । स्वस्थ र तन्दुरुस्त रहनको लागि, नियमित रूपमा आहार र जीवनशैली सुधार गर्न ध्यान केन्द्रित गर्नुपर्छ। निद्रा पनि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। धेरै अनुसन्धानमा भनिएको छ कि शरीरलाई फिट राख्न जतिसुकै प्रयास गरेपनि गहिरो र राम्रो निद्रा लागेन भने सबै बेकार हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुपर्छ ।

कम सुत्नु भनेको चाँडो मृत्युको मुखमा पुग्नु होः
एक अनुसन्धानमा वैज्ञानिकहरूले कम सुत्नेलाई मृत्युको चेतावनी दिएका छन् । यस अनुसन्धानमा भनिएको छ कि कम निद्राले स्ट्रोकको जोखिम बढाउँछ। यो सबैभन्दा ठूलो स्वास्थ्य समस्या मध्ये एक हो।

राम्रो निन्द्रा नलाग्नेहरूको जीवनस्तर खस्किने मात्र होइन, समयअघि नै मृत्यु हुने जोखिम पनि बढ्न सक्छ। न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनमा अमेरिकामा एक तिहाइभन्दा बढी मानिस अनिद्राको समस्यासँग संघर्ष गरिरहेका छन् । विश्व स्तरमा पनि अवस्था राम्रो छैन । जसका कारण ब्लड प्रेसर, रगतमा चिनीको मात्रा पनि बढ्छ, जुन स्ट्रोकको लागि सीधै जिम्मेवार हुन सक्छ । यस अनुसन्धानमा कम निद्राका कारण स्ट्रोकको जोखिम ५१ प्रतिशतले बढी हुने पत्ता लागेको थियो ।

किन कम सुत्दा स्ट्रोक हुन सक्छः

शिकागोको नर्थवेस्टर्न युनिभर्सिटीको सेन्टर फर सर्काडियन एण्ड स्लीप मेडिसिनका निर्देशक डा. फिलिस जी भन्छन्, अनुसन्धानका अनुसार यदि तपाई एक महिनासम्म राम्रोसँग सुत्न सक्नुभएन भने मेटाबोलिजम र रक्तचाप दुवैमा समस्या आउन सक्छ।

यसले शरीरमा विभिन्न समस्याहरु बढाउन सक्छ र स्ट्रोकको जोखिम बढाउन सक्छ। कम निद्राले शरीरको संयन्त्रलाई पनि असर गर्छ, जसले रक्तचाप नियन्त्रण गर्न काम गर्छ। यसले रक्तचाप बढाउन सक्छ, जुन स्ट्रोक र कार्डियोभास्कुलर जस्ता खतरनाक रोगहरूको कारण मानिन्छ।

अध्ययनले के भन्छ?ः

भर्जिनिया कमनवेल्थ युनिभर्सिटीका अनुसन्धानकर्ता र अध्ययन प्रमुख लेखक भेन्डेमी सवाडोगो भन्छन् कि यस अनुसन्धानमा समावेश गरिएका सहभागीहरूमा अनिद्राको एक देखि चार लक्षणहरू थिए।

निन्द्रा नपुगेकामा मस्तिष्कघातको जोखिम १६ प्रतिशत बढी थियो । यद्यपि, धेरै उपायहरूले निद्राको गुणस्तर सुधार गर्न सक्छ। केही दिनसम्म निद्रा नलाग्ने समस्याले सताइरहनुभएको छ भने चिकित्सकसँग परामर्श लिनुहोस् ।

प्रोफेसर सवाडोगो भन्छन् कि यसअघिका अध्ययनहरूले पनि निद्रा नपुग्दा मस्तिष्कघातको खतराबारे सचेत गराएको थियो। त्यसैले यसलाई हल्का रुपमा लिने गल्ती गर्नुहुँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *