संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर)

डिसी नेपाल
८ असार २०८० १२:१७

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले राखेका प्रश्न र जिज्ञसाको जवाफ दिइरहेका छन्।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन्।

विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा, बजेटसहित भारतीय भ्रमणलगायतका विषयमा सांसदहरुले प्रधानमन्त्री दाहालसँग प्रश्न गरिरहेका छन्।


सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिए। धान रोपाइँका बेला मल अभाव नहुनेगरी व्यवस्था गरिएको जानकारी दिँदै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी दिए।

साथै यसै महिनामा भारतबाट ४५ हजार मेट्रिक टन डिएपी मल आयात गरिने प्रधानमन्त्री दाहालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *