सरकार सत्ता टिकाउनका लागि केन्द्रीत भएको छः रवि लामिछाने

डिसी नेपाल
८ असार २०८० १७:१९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता टिकाउनका लागि केन्द्रीत भएका कारण सरकार अलमलमा परेको हो की भन्ने आभाष भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयको बिनियोजित शीर्षकमाथिको छलफलका क्रममा लामिछानेले सरकार जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दामा केन्द्रीत हुनुभन्दा पनि सत्ता टिकाउनका लागि केन्द्रीत भएका कारण सरकार अलमलमा परेको हो की भन्ने आभाष भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीको भारत भ्रमणको उपलव्धी केहि पनि नदेखिएको जिकिर गरे। सीमा समस्या, इपिजी प्रतिवेदन लगाएतमा बोल्न नसकेपनि सरकारले नेपाली जनताको भान्सामा जान लागेको विषाधीयुक्त तरकारीका बिषयमा भने भारतसंग बोल्नुपर्ने उनले बताए।

उनले बिकास र समृद्धिका आधारमा मुलुक अघि बढ्न नसकेको अवस्थामा बर्षमा एकपटक आउने बजेटले पनि जनतामा आशाको सञ्चार जगाउन नसकेको बताए।

लामिछानेले महत्वपूर्ण बिषयमा सांसदहरुले सदनमा राखेका बिषयमा सरचारले चासोपूर्वक हेर्दै आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *