बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो। यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो।
अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन्। उक्त निवेदनमाथिको आइतबार र सोमबाद दुवै दिनको सुनवाइ हेर्न नभ्याइनेमा परेको हो।
हिन्दी फिल्मको विषयलाई लिएर पाटन उच्च अदालतके आदेशका सम्बन्धमा काठमाडौं महानगरका प्रमुख शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको दाबी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment