सिद्धार्थ राजमार्गमा सवारी आवागमन प्रभावित

डिसी नेपाल
१९ असार २०८० १५:१८
156
Shares

पाल्पा। अविरल बर्षाको कारण पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर सवारी आवागमन प्रभावित भएको छ।

मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन्।

पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *