नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

डिसी नेपाल
२० असार २०८० ८:०८
996
Shares

काठमाडौं। पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ।

नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिएका छन्।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ। अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो।  एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *