स्रोत नखुलेको नगदसहित २० वर्षीय भारतीय युवक पक्राउ
महोत्तरी। स्रोत नखुलेको नगदसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन्।
जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित साफीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment