बेटिङ केसमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका युट्युबर तथा कलाकारहरुलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), बेगम नेपालीसहितका कलाकारलाई जनही ५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै प्रहरीले छाडेको छ । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment