अवैध सुनसहित २९ वर्षीय व्यक्ति पक्राउ

डिसी नेपाल
२९ असार २०८० १३:४९
288
Shares

मोरङ। विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई  प्रहरीले पक्राउ गरेको छ।

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुन सहित राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *