नगरपालिकाकै कर्मचारीको साथमा लागूऔषध
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागूऔषधसहित पक्राउ परेका हुन्।
पुनर्वास नगरपालिका– १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन्। नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका– को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।
कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागूऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment