अमेरिकामा चर्को गर्मी, धेरै राज्य लूको चपेटामा
काठमाडौं । अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्याधिक गर्मी भइरहेको छ । सम्पूर्ण दक्षिण-पश्चिममा लुको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ।
राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आँकलन नगर्न चेतावनी दिएको छ।
लगभग एक तिहाइ अमेरिकीहरू (लगभग ११० मिलियन) यसबाट प्रभावित छन्। फ्लोरिडादेखि क्यालिफोर्निया र अहिले वासिङ्टन पनि गर्मीको लहरको चपेटामा छ ।
क्यालिफोर्नियाको डेथ भ्याली, संसारको सबैभन्दा तातो ठाउँहरू मध्ये एक हो जहाँ ५३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
लस भेगास र नवाडा जस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्छ।
छिमेकी क्यानडाका अधिकारीहरूले औसतभन्दा उच्च तापक्रमले अमेरिकाका केही भागलाई धुवाँले ढाकेको र जंगलमा आगो निम्त्याइरहेको बताएका छन्। आगलागीबाट हालसम्म साढे दुई करोड एकड जमिन जलेर नष्ट भएको छ ।
अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७०० जनाको मृत्यु हुने गरेको छ । देशमा अर्को सातासम्म चर्को गर्मी जारी रहने अनुमान गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment