यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)
काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब सय किलो सुन प्रकरणमा १० जना व्यक्ति पक्राउ परेका छन् ।
विभागले बिहीबार साँझसम्म १० व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङ एक वर्ष पहिले नै नेपाल आएको भन्दै बिहीबार नेपालबाट चीन जान लागेको अवस्थामा पक्राउ रेका छन् छ ।
अध्यागमन कार्यालयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले अनुसन्धानका लागि विभागका अधिकारीलाई जिम्मा लगाएको हो ।
विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार एक सय किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेकाहरुको नामावलीः
१. जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२. थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३. रामकुमार भुजेल (दोलखा)
४. दीलिप भुजेल (दोलखा)
५. हर्कराज राई (भोजपुर)
६. अशोक लामा (ट्याक्सी चालक)
७. राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८. कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०. राजेन्द्र राई (भन्सार एजेन्ट)
No ads found for this position

डिसी नेपाल
Facebook Comment