हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने
काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने भएको छ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको ७५ प्रतिशत हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ। यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख २२ हजार ७८९ कित्ताका लागि मात्र आवेदन परेको छ।
यसआधारमा १५ लाख ७७ हजार २११ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ। बिक्री नभएको बाँकी सेयर हिमाल दोलखाले अब लिलामीमा ल्याउनेछ। यस कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment