कैलालीमा १८ वर्षीया किशोरीको शव फेला

डिसी नेपाल
५ साउन २०८० १९:३२
232
Shares

धनगढी । कैलालीको गौरीगंगामा १८ वर्षीया किशोरीको शव फेला परेको छ।

गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी बिहीबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) ले जनाएको छ।

मृत्युको कारण भने खुल्न सकेको छैन। अञ्जलीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *