कुरानको प्रति जलाएको मुद्दा, इराकले स्विडेनका राजदूतलाई देशबाट निकाल्यो
काठमाडौं । स्टकहोममा कुरानको प्रतिलिपि जलाएको विवाद यति चर्कियो कि इराकले स्विडेनका राजदूतलाई देश निकाला गरेको छ र स्वीडेनबाट आफ्ना कूटनीतिज्ञ फिर्ता बोलाएको छ।
यसअघि बगदादमा प्रदर्शनकारीहरूले स्विडेनको दूतावासबाहिर ठूलो सङ्ख्यामा प्रदर्शन गरेका थिए र त्यसपछि त्यहाँ आक्रमण गरी भवनमा आगजनी गरेका थिए।
स्वीडेनका विदेशमन्त्रीले इराकस्थित आफ्नो दूतावासमा भएको भीड आक्रमणको निन्दा गर्दै यसलाई “पूर्ण रूपमा अस्वीकार्य” भनेका छन्।
स्वीडेनका विदेशमन्त्री टोबियास बिलस्ट्रोमले इराकले बग्दादस्थित दूतावासको सुरक्षा गर्न असफल भएको बताए ।
भर्खरै, स्वीडेनको दूतावासमा अर्को प्रदर्शन भएको थियो जसमा भीडले भवनको सुरक्षा घेरा तोड्ने प्रयास गरेको थियो।
पछिल्लो आक्रमणमा एक भीडले दूतावास भित्र पसेर त्यसको एक भागमा आगो लगाएको थियो ।
गत महिना, स्टकहोमको मस्जिद बाहिर एक व्यक्तिले कुरानको प्रतिलिपि जलाएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment