मणिपुरमा महिलामाथि भएको यौन उत्पीडनबारे अमेरिकाले के भन्यो ?

डिसी नेपाल
६ साउन २०८० १०:०६
236
Shares

काठमाडौं । भारतमा तैनाथ अमेरिकी राजदूत एरिक गार्सेट्टीले मणिपुरमा महिलामाथि भएको यौन उत्पीडनको बारेमा टिप्पणी गरेका छन् ।

गार्सेट्टीले अमेरिकी राजधानी वासिङ्टनमा दिएको यो वक्तव्यमा आफ्नो सहानुभूति भारतमा बस्ने जनतासँग रहेको बताएका छन् ।

मणिपुर मुद्दामा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै गार्सेट्टीले भने, “मैले भिडियो हेरेको छैन। मैले यसबारे पहिलो पटक सुन्दै छु। तर मैले अघि नै भनें, संसारको कुनै पनि ठाउँमा मानवीय त्रासदी हुँदा हामी दुखी हुन्छौं।”

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै गार्सेट्टीले भने, “हाम्रो विचार भारतीय जनतासँग छ। तर यो भारतको आन्तरिक मामिला हो र हामी मानव जातिको हैसियतले यस्तो पीडाप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं।”

मणिपुरका महिलासँग यौन दुर्व्यवहारको भिडियो गत बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यस भिडियोमा केही मानिसहरुको भीडले दुई महिलालाई यौन दुव्र्यवहार गरेको देखिन्छ ।

यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान आफ्नो मन क्रोधले भरिएको र मुटुमा पीडा रहेको बताएका थिए । पीएम मोदीले भनेका थिए कि अपराध गर्नेलाई छाडिने छैन।

त्यसयता अहिलेसम्म चार जना पक्राउ परेका छन् ।

मे ३ देखि मणिपुरमा मेइतेई र कुकी समुदायबीच जारी हिंसामा १ सय ६० जनाको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *