गृहमन्त्रीको राजीनामा माग्दै तरुणदल अध्यक्षले भने– सियो छिर्न नदिने एयरपोर्टबाट कसरी छिर्‍यो त्यत्रो सुन ?

डिसी नेपाल
६ साउन २०८० १८:४८
1.4k
Shares

काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

४१औं बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गृहमन्त्रीको अन्तर्गतमा हुने र गृहमन्त्रीलाई थाहा नै नभइकन त्यत्रो परिणामको सुन बाहिर आउन नसक्ने बन्दै उनको राजीनामा मागेका छन्।

‘अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा सियो पनि छिर्न सक्दैन। नेपाली युवाहरू विदेशबाट आउँदै गर्दा एउटा मिठाइको पोको ल्याउन पाउँदैनन्। एउटा मोबाइल हातमा लिएर छिराउन सक्दैनौं,’ उनले भने, ‘विश्वले नै थाहा पाउने गरी नेपालको यती ठूलो बदनाम भएको छ। डेढ सय किलो सुन एयरपोर्टबाट बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले बाटोमा पक्रँदै गर्दा विश्वले नेपालको एयरपोर्टमा कस्तो सुरक्षा छ र कति भ्रष्ट छन् भन्ने कुराले बदनाम भएको छ। यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ।’

उनले यसप्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *