अमेरिकाकी एक ‘प्रोफेसनल गर्लफ्रेन्ड’, जसले कमाउँछिन् दैनिक लाखौं रुपैयाँ

डिसी नेपाल
७ साउन २०८० ९:२४
1.2k
Shares

सिकागो। पैसा कमाउनको लागि मानिसहरूले अचम्म अचम्मको काम गर्छन्। कतिपयले सर्टकट माध्यमबाट धनी बन्नको लागि गलत बाटो पनि अपनाउछन्। अर्कोतर्फ कतिपय  भने फरक–फरक विचारका साथ हेडलाइनमा रहँदै करोडौं कमाउने गर्छन्।

कम समयमा धेरै नोट छाप्ने अर्थात् ठूलो पैसा कमाउने क्रममा एक सुन्दरी ३० वर्षीया युवतीले अपनाएको तरिकाको कसैले प्रशंसा गरिरहेका छन् भने कसैले आलोचना गरिरहेका छन्।

आजका शिक्षित स्मार्ट महिलाहरू पेशाले इन्जिनियर, डाक्टर, शिक्षक, प्रहरी, वकिल, सीए, सामुदायिक सहयोगी र व्यवसायी हुन सक्छन्। तर यी महिलाको काम भने अर्कै छ। खासमा अमेरिकाकी यी सुन्दरी ‘प्रोफेशनल गर्लफ्रेन्ड’ हुन्।

यी सुपर मोडल तथा पूर्व स्ट्राइपर यतिबेला अनौठो तरिकाले पैसा कमाउने कारण चर्चामा छिन्। लामो समयदेखि वयस्क उद्योगमा काम गरिरहेकी यी महिलाको कमाइको गोप्य कथा हरेक गल्लीमा गुन्जिरहेको छ।

धनी बनेकी यी मोडलको नाम जेना म्याडिसन हो। शिकागोमा बस्ने ३० वर्षीय मोडलले दिनमा १ लाख रुपैयाँ सहजै कमाउँछिन्। पैसा लिएर उनी सानो होस् या ठुलो, धनी होस् या गरिब सबैको ‘प्रोफेसनल गर्लफ्रेन्ड’ बनेकी छिन्।

मिडिया रिपोर्टका अनुसार एक्लो पुरुषको प्रेमिका हुनु र उनीहरुबाट चर्को शुल्क लिनु नै उनको आम्दानीको मुख्य स्रोत हो। एक्लो पुरुषहरू अर्थात् जुनसुकै कारणले पनि एक्लो महसुस गर्नेहरूले उनलाई आफ्नो प्रेमिका बनाउन पैसा तिर्छन्।

ती एक्लो पुरुषहरुसँग उनी कुरा गर्छिन्, उनीहरुका समस्या र पीडा सुन्छिन्। हाँसो, ठट्टा र रोमान्स तिनीहरूसँग सबै कुरा गर्छिन् तर तिनीहरूका सबै सेवाहरू अनलाइन मात्र छन्।

अनलाईन सेवाको अर्थ उनले मानिसहरूलाई भेटेर आफ्नो सेवा दिने छैनन तर फोन र सन्देशहरू मार्फत आफ्ना प्रेमीहरूसँग सम्पर्कमा रहदैँ आएकी छिन्। उनको बैंक विवरण अनुसार उनका करिब तीन हजार ब्वायफ्रेन्ड रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *