उत्पादनसँगै श्रममा जाेड्न सके मात्र देश विकास सम्भव : पुष्प श्रेष्ठ

डिसी नेपाल
७ साउन २०८० १०:५३

काठमाडाैं। राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले युवालाई उत्पादनसँगै श्रममा जाेड्न सके मात्र देश विकास सम्भव हुने बताएका छन्।

शनिबार सम्पन्न युवा संघ नेपालकाे जिल्ला कमिटी सर्लाहीको दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै उपाध्यक्ष श्रेष्ठले देश विकासका लागि युवालाई उत्पादनसँगै श्रममा पनि जाेड्नुपर्ने बताए।

बैठकले जिल्लामा राष्ट्रिय युवा संघ नेपाललाई चलायमान र सक्रिय बनाउन विभिन्न निर्णय गरेकाे छ। राष्ट्रिय युवा संघ नेपाललाई बलियाे र सशक्त बनाउन देशभरका युवा माझ युवासंघ जाने उनले बताए।

बिगतको निवार्चनको समीक्षा गर्दै पार्टीले भने अनुसार ‘१ बुथ १०० युथ’ राम्रोसँग कार्यन्वयन नहुनुको परिणाम संगठन मजबुद नभएर हो भन्ने निश्कर्षसहितआउने निर्वाचनलाइ नै लक्षित गरेर संगठन वडासम्म निर्माण गर्ने, जिल्लामा अधिकतम धेरै सदस्यता वितरण गर्ने, जिल्लाका सबै बडालाइ लक्षित गर्दै १ युवा ५ बिरुवा अभियान संचालन गरि बडासम्म पुग्ने, लागु औषधको प्रयोग नियन्त्रण गर्न समाजमा रचानात्मक कार्य संचालन गर्ने नीति लिएकाे बताउँदै उनले जिल्लाका सबै स्थानीय तहका वडामा संगठनलाई सक्रिय र मजबुत बनाउने र पार्टीलाइ युवा आवश्यक परेको बेला रक्षात्मक भूमिकामा युवा हुने गरि संगठन निर्माण गर्ने बताए।

नवयुवाहरु श्रमसहितकाे उत्पादनमा जाेड्न सके देशमा भएकाे बेराेजगारीकाे अन्त्य हुने बताउँदै उनले भने,’राजनीतिक र वैचारिक धारमा मात्र नभएर युवा पुस्तालाई अब श्रम सहितकाे उत्पादनमा जाेड्नुपर्छ। युवालाई उत्पादनमुखी बनाउनुपर्छ। देशकाे युवा पुस्ता उत्पादनमा लागेमात्र देश विकास सम्भव छ।’

‘युवालाई उद्यमी बनाउँदै देश विकास र निर्माणकाे भूमिकामा सामेल गराउन राष्ट्रिय युवा संघ नेपालले रचनात्मक कार्यहरु गर्दै आएकाे छ’ श्रेष्ठले भने, ‘देश विकासमा युवाकाे अहम् भूमिका हुन्छ। तर, अहिलेकाे परिस्थितिमा युवा पलायनकाे भयावह अवस्था हामी देखिरहेका छाैं। यसलाई कम गर्न युवा संघ नेपालले अब युवालाई उत्पादनमा र श्रममा जाेड्ने काममा पुल बन्ने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *