राजनीतिक आवरणमा अपराधीलाई उन्मुक्ति दिने विधेयक खारेज गर्न शेखर कोइरालाको माग

डिसी नेपाल
७ साउन २०८० १३:२४
96
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केही नेपाल कानून संशोधन गर्न बनेको विधेयकमा राजनीतिक आवरणमा अपराधिलाई उन्मुक्ति दिन राखिएको प्रावधान हटाउन माग गरेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले संसदमा पेश गरेको राजनीतिक दलका नाममा गरिएका अपराधलाई छुट दिने प्रकृतिको विधेयक तत्काल खारेज गर्न माग गरेका हुन् ।

उनले भने, ‘दण्डहीनतालाई प्रश्रय दिने कानून बनाएर कस्तो कानूनीराज्य स्थापित गर्न खोज्दैछौं । यो विधेयक पारित भएमा संस्थागत रुपमा राजनीतिमा अपराधिकण बढ्छ। यो खारेज गरिनुपर्छ।’

नेपाली कांग्रेसका उपसभापति समेत रहेका कानून मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदमा पेश गरेका छन्। उक्त विधेयकको विरुद्धमा  सदनमा प्रतिपक्षी रास्वपा, राप्रपा लगायतका दलले विरोध गर्दै सदन अवरुद्ध गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *