रुसको कब्जामा रहेको क्रिमियामा रहेको हतियार भण्डारमा ड्रोन आक्रमण
काठमाडौं । रुसको कब्जामा रहेको क्रिमियामा रहेको एउटा हतियार भण्डारमा ड्रोनले आक्रमण गरेको छ ।
यसको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण भएको पाँच किलोमिटर भित्र आउने सर्वसाधारणलाई त्यहाँबाट बाहिर निकालिएको बताए ।
युक्रेनको सेनाले आक्रमणको पुष्टि नगरी गोदाम र तेल भण्डारमा विस्फोटको भिडियो पोस्ट गरेको छ।
रुस नियन्त्रित क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले यस आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन्, यद्यपि उनले यसको कुनै प्रमाण पेश गरेका छैनन्।
आक्रमणको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।
सर्गेई अक्स्योनोभले पनि आफ्नो टेलिग्राम पोस्टमा जानकारी दिएका छन्, “प्रारम्भिक तथ्याङ्कका अनुसार अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको खबर छैन।”
विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको अक्स्योनोभले बताए । ठूलो संख्यामा मानिसलाई बाहिर निकाल्दा उक्त क्षेत्रको ट्राफिक व्यवस्था पनि अवरुद्ध भएको छ ।
रूसी अधिकारीहरूले यसअघि शनिबार केर्च पुलमा यातायात बन्द गरेका थिए, तर पछि यसलाई सवारी साधनको लागि खोलिएको थियो। आक्रमण भएको ठाउँ यस पुलबाट करिब १६० किलोमिटर टाढा छ।
यो पुललाई क्रिमिया पुल पनि भनिन्छ। सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो । त्यस पछि, यो पुल क्रिमियामा यसको पहुँचलाई सजिलो बनाउन निर्माण गरिएको थियो, जुन २०१८ मा यातायातको लागि खोलिएको थियो।
यो पुल क्रिमियाको रूसमा विलयको एक प्रतीक र दक्षिणी युक्रेनमा रूसी सेनाको आपूर्तिको लागी एक महत्वपूर्ण मार्ग भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment