पोल्‍याण्ड पठाइदिन्छु भन्दै ठगि गरेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
७ साउन २०८० १९:१८
3.2k
Shares

काठमाडौं ।  पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  कञ्‍चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१  बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन्।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *