स्रोत नखुलेको रकमसहित ४७ वर्षीय गुप्ता पक्राउ

डिसी नेपाल
१० साउन २०८० १२:३४
656
Shares

कपिलवस्तु। स्रोत नखुलेको रकमसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्।

गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *