भारतकी अन्जुको पाकिस्तानी साथीसँग बिहेको खबरमा उनका बुवाले भने– ऊ हाम्रो लागि मरी
काठमाडौं । फेसबुकमा मित्रता बनाएर पाकिस्तानी पुरुषलाई भेट्न खैबर पख्तुनख्वा पुगेकी भारतीय युवती अन्जुका बुबाले उनी (अन्जु) परिवारका लागि मरेको बताएका छन् ।
भारतीय युवती अन्जुले पाकिस्तानी पुरुष नसरुल्लाहसँग बिहे गरेको खबर बाहिर आएको छ र एक पाकिस्तानी अधिकारीले पनि यसको पुष्टि गरेका छन् भने बीबीसी संवाददाता शुमाइला जाफरीसँगको कुराकानीमा अन्जुले विवाहको खबरमा कुनै सत्यता नभएको बताएकी छिन् ।
अन्जुका बुबा गया प्रसाद थोमसले समाचार एजेन्सी पीटीआईलाई भने, “उनले आफ्ना दुवै छोराछोरीको भविष्य बर्बाद गरिन्। छोराछोरी र श्रीमान्लाई छोडेर उनी जुन बाटोबाट यहाँ पुगेकी थिइन्… उनले आफ्ना सन्तानको बारेमा पनि सोचिनन्। यदि उनी यो चाहन्छिन् भने, उनले पहिले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गर्नुपर्थ्यो। उनी हाम्रो लागि अब जीवित छैनन्।’
समाचार एजेन्सी पीटीआईको समाचारमा भनिएको छ कि जब उनका बुबालाई अन्जुको धर्म परिवर्तनको बारेमा सोधिएको थियो तब उनले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए।
अञ्जुलाई फिर्ता ल्याउन भारत सरकारलाई अनुरोध गर्ने हो कि भनेर पनि उनलाई सोधिएको थियो, तब थोमसले यस्तो काम नगर्ने बताए ।
उनले भने, “म प्रार्थना गर्छु … उनलाई त्यहाँ मर्न दिनुहोस्।” अन्जुका बुबाले राहदानी र भिसा कहिले आयो थाहा नभएको बताउँछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment