कालीगण्डकीले बगायो १६ वर्षीया बालिका, खोजीकार्य जारी

डिसी नेपाल
१० साउन २०८० १९:४३
620
Shares

स्याङ्जा । कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्। चापाकोट नगरपालिका–७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ।

बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परे पनि अवस्था अज्ञात छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *