सुन तस्करी प्रकरण : सोह्रखुट्टेस्थित एक घरबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद
काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।
भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ।


तस्बिरः अमित भट्ट
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment