कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ

डिसी नेपाल
११ साउन २०८० १९:०६
100
Shares

कञ्चनपुर ।  कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली ७२ हजार एक सय २० मुल्य बराबरका ताला चाबी, एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।

बरामद गरेको सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *