एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा
काठमाडौँ। एनआईबिएल सहभागिता फन्डले लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको बिहीबार (साउन ११ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि साउन ११ गते नै बुक क्लोज गर्ने जनाएको छ। यसर्थ सो मितिसम्म कायम इकाइधनीले लाभांश पाउनेछन्।
यो खुलामुखी योजना हो। यस योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकमबराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने क्यापिटलले जनाएको छ।
यसअघि यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाइ पठाइने पनि क्यापिटलले जनाएको छ। यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment