२५० रुपैयाँमा लट्री टिकट किनेर १० करोड जित्ने महिला
काठमाडौं । भर्खरै केरलाको नगर निगममा कार्यरत ११ महिलाले १० करोड रुपैयाँको चिठ्ठा जितेका छन् । यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिठ्ठाको टिकट किनेका थिए ।
चिठ्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिनेछन् ।
यी महिलाहरू ग्रीन केरला मिशन अन्तर्गत सञ्चालित सरसफाई अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुन: प्रयोग गर्ने काम गर्छन्। यो चिठ्ठा बुधबार सार्वजनिक गरिएको हो ।
चिठ्ठा जितेकी राधाले भनिन्, ‘पैसा जोडेर चिठ्ठाको टिकट किनेका थियौं । एक अर्कालाई पैसाको लागि सोध्यौं। यसअघि पनि धेरै पटक टिकट किनेका थियौं तर यति ठूलो लटरी जितेको यो पहिलो पटक हो ।’
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै चिठ्ठा जितेकी शिजाले भनिन्, ‘जसले ऋण लिएका छन् उनीहरूले नै तिर्नेछन् । छोरीहरुको बिहे गर्नुपर्छ । नजिकको व्यक्तिको उपचार गर्नुपर्छ।
चिठ्ठा जितेका महिलाहरु निकै मेहनती र परिवारको एकमात्र आम्दानीको स्रोत भएको शिजाले बताइन् ।
एउटी महिलाले भनिन्, ‘यो पैसाको के गर्ने भन्ने हामीलाई थाहा छैन । प्रत्येक महिलाको जीवनमा आफ्नै चुनौतीहरू छन्। हामीले गरेको कामबाट हाम्रो घर चलिरहेको थियो । हामी यो काम छोड्ने छैनौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment