डडेल्धुरामा शव बोकेको एम्बुलेन्स दुर्घटना

डिसी नेपाल
१३ साउन २०८० १८:४६
180
Shares

धनगढी । कैलालीको धनगढीमा अवस्थित सीपी अस्पतालको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको छ।

अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो।

एम्बुलेन्समा शवसहित ६ जना सवार थिए। चालक अर्जुन बोहरालगायत सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *