म्यानमारबाट मणिपुर आउनेको बायोमेट्रिक डाटा लिन सुरु, अवैध नागरिक पहिचान गरिने

डिसी नेपाल
१४ साउन २०८० ७:०८
1.2k
Shares

नयाँदिल्ली। मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ। यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो।

भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ। यो काम पहिले पनि चलिरहेको थियो तर राज्यमा हिंसाका कारण रोकिएको थियो।

गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ। ५ हजार ९ सय ९५ मुद्दा दर्ता भएका छन्। ६ हजारभन्दा बढी मानिस हिरासतमा छन्। आगजनीका ५ हजारभन्दा बढी घटना भएका छन् । करिब ६० हजार मानिस घरबारविहीन भएका छन्।

राज्यमा हिंसा रोक्न सरकारले अब घुसपैठ गर्नेहरुको पहिचान गरिरहेको छ। तर, दुई समुदायका बिचमा हिंसा बढे पछि पुनः बायोमेट्रिकको काम सुरु गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *