बंगलादेशमा शेख हसिनाको राजीनामा माग गर्ने बीएनपी कार्यकर्ताविरुद्ध प्रहरीको कारबाही

डिसी नेपाल
१४ साउन २०८० १२:०३
276
Shares

काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका विपक्षी कार्यकर्तालाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरेको छ ।

विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आफ्ना समर्थकहरूले ढाकामा धर्ना दिन खोज्दा प्रहरीले उनीहरूलाई रोक्न बल प्रयोग गरेको बताएको छ।

प्रहरीको कारबाहीमा पार्टीका धेरै नेता तथा कार्यकर्ता घाइते भएको बीएनपीले जनाएको छ । धेरै मानिसलाई हिरासतमा राखिएको छ ।

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ र विपक्षीले तटस्थ प्रशासनलाई सत्ता हस्तान्तरण गरी निर्वाचन गराउन माग गरेका छन् । यस विषयमा बंगलादेशमा तनाव बढ्दै गएको छ ।

देशको सत्तारुढ अवामी लिगले बिएनपीको यो मागलाई अस्वीकार गरेको छ ।

बंगलादेशका विपक्षी र मानवअधिकार संगठनहरूले सत्ता विरोधी प्रदर्शनमा सरकारको क्र्याकडाउनको आलोचना गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *