२६.१४ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३९९.६६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिवम सिमेन्ट को प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज १४ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र एभरेष्ट बैंकको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये म्युचुअल फण्डबाहेक सबै उपसूचक घटेको छ। आजको कारोबारमा पिपुल्स पावर र सुपर माई हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, मनकामना स्मार्ट लघुवित्त र अभियान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment