इटालीको तटमा २ हजार वर्ष पुरानो रोमन जहाजको भग्नावशेष भेटियो
काठमाडौं । २ हजार वर्षभन्दा पुरानो रोमन जहाजको अवशेष इटालीको तटमा फेला परेको छ । यो कार्गो जहाज रोमबाट करिब ८० किलोमिटर टाढा सिभिटावेचिया बन्दरगाह नजिक फेला परेको थियो।
जहाज भित्र केही पुराना टेराकोटा भाँडाहरू फेला परेका छन्। जहाज २० मिटरभन्दा लामो भएको अनुमान गरिएको छ।
यो १६० मिटरको गहिराईमा फेला परेको हो । रिमोट कन्ट्रोल रोबोटको सहयोगमा भग्नावशेषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अहिले जहाजको भग्नावशेष बाहिर निकाल्ने काम हुन्छ कि हुँदैन भन्नेबारे केही बताइएको छैन ।
भत्किएको जहाजको खोज असामान्य छैन। हजारौं जहाज भूमध्यसागरमा डुबेको अनुमान गरिएको छ।
सन् २०१८ मा बुल्गेरियाको तटमा साढे दुई हजार वर्ष पुरानो जहाज भेटिएको थियो । यसलाई आधिकारिक रूपमा विश्वको सबैभन्दा पुरानो भत्किएको जहाज मानिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment