२० लाखको टमाटर बोकेको भारतीय ट्रक बेपत्ता

डिसी नेपाल
१५ साउन २०८० ९:५४
516
Shares

कर्नाटक । देशैभर टमाटरको मूल्य ह्वात्तै बढेका कारण ग्राहकको खल्ती खुकुलो हुँदै गएको बेला केही किसान तथा व्यापारीले टमाटर बिक्री गरेर मनग्य नाफा कमाउन थालेका छन् ।

यससँगै टमाटर चोरी र लुटपाटका धेरै घटना पनि बाहिर आएका छन् । अहिले भर्खरैको घटनामा कर्नाटकको कोलारबाट राजस्थानतर्फ जाँदै गरेको २० लाख मूल्यको टमाटर बोकेको ट्रक रहस्यमय रूपमा बेपत्ता भएको छ।

टाइम्स अफ इन्डियाुको रिपोर्ट अनुसार यसपछि समस्यामा परेका व्यापारीहरूले कोलार प्रहरीमा उजुरी दिएका थिए। जसमा भनिएको छ कि जुलाई २७ मा दुई जना व्यापारीले कोलार एपीएमसी यार्डबाट राजस्थानको जयपुरमा टमाटर लैजान ट्रक बुक गरेका थिए।

उल्लेखनीय कुरा के हो भने, थोक बजारमा टमाटरको मूल्य अझै पनि १५ किलोको बक्सामा रु दुई हजारको हाराहारीमा खरिदबिक्री भइरहेको छ जबकि खुद्रामा टमाटरको मूल्य प्रतिकिलो १५० देखि २ सयसम्म बढेको छ ।

टमाटरले भरिएको सो ट्रक शनिबार राति जयपुर पुग्न लागेको थियो जबकि ट्रक गन्तव्यमा नपुगेको र चालकको मोबाइल फोन स्वीच अफ छ । ट्रक अपरेटरलाई सम्पर्क गर्ने प्रयास पनि व्यर्थ साबित भएको छ । केही बेइज्जत हुने अनुमान गर्दै कोलारका व्यापारीले प्रहरीमा उजुरी दिएका हुन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *