टोखामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

डिसी नेपाल
१५ साउन २०८० १५:१२
1.4k
Shares

काठमाडौं । टोखा नगरपालिका–९ मिलन टोलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।

मिलन टोलमा रेहेको राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *