रुसले युक्रेनमाथि मस्कोमा ड्रोन आक्रमण गरेको आरोप लगायो, विमानस्थल पनि बन्द गर्नुपर्यो
काठमाडौं । रुसले युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । यस आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको छ भने सहरको एउटा विमानस्थल पनि केही समयका लागि बन्द गर्नुपरेको छ ।
रुसको रक्षा मन्त्रालयले ओडिन्टसोभो जिल्लामा एउटा ड्रोन खसालेको र अन्य दुई ड्रोन केही भवनमा ठोक्किएर खसालेको बताएको छ।
रुसको आधिकारिक समाचार एजेन्सी टासले यस आक्रमणमा एक जना घाइते भएको जनाएको छ । अर्कोतर्फ युक्रेनी अधिकारीहरूले आक्रमणको जिम्मेवारी लिएका छैनन्।
मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणमा दुईवटा भवनको अगाडिको भागमा क्षति पुगेको बताएका छन् ।
घटनास्थलबाट खिचिएका तस्बिरहरूमा भवनका केही झ्यालहरू क्षतिग्रस्त देखिन्छन्।
लिया नामकी एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताइन् कि उनले आगो र धुवाँ मात्र देख्न पाएकी थिइन्।
उनले भनिन्, ‘हामीले एउटा विष्फोट सुनेका थियौं जुन झट्का जस्तै थियो । यो सुनेर सबैजना उफ्रिए । त्यसपछि त्यहाँ धेरै धुवाँ उठ्यो, जसका कारण कसैले केही देख्न सकेनन्।
भुनुकोभो विमानस्थलबाट विमानको आवतजावत केही समयका लागि स्थगित गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment