घुस लिएको आरोपमा इन्जिनियरविरुद्व भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्व सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
यादवले कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ४५ हजार रुपियाँ घुस लिएको आरोप लागेको आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment