कुरान जलाउने घटनालाई नियन्त्रण गर्न डेनमार्कले कानुन बनाउने

डिसी नेपाल
१६ साउन २०८० १२:४०
600
Shares

काठमाडौं । डेनमार्कले सुरक्षा र कूटनीतिक चिन्ताको कारण कुरान वा कुनै धार्मिक ग्रन्थ जलाउने विरोध प्रदर्शनमा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ।

डेनमार्कको विदेश मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु महत्त्वपूर्ण भएको तर त्यस्ता विरोधले अतिवादीहरूलाई फाइदा पु¥याउने र सुरक्षामा खतरा हुने बताएको छ ।

स्विडेनका प्रधानमन्त्रीले पनि देशमा यस्तो कानुन बनाउने काम भइरहेको बताएका छन् ।

विगतमा त्यहाँको प्रशासनले मुस्लिमहरूको पवित्र ग्रन्थ कुरानलाई जलाउने जस्ता विवादास्पद विरोध प्रदर्शनका लागि अनुमति दिएपछि दुवै देशमा चर्को दबाब आएको थियो।

यी घटनापछि धेरै मुस्लिम देशसँगै डेनमार्क र स्वीडेनले कूटनीतिक तनावको सामना गर्नुपरेको थियो ।

डेनमार्कको विदेश मन्त्रालयले “अन्य देश, संस्कृति र धर्मको अपमान भइरहेको केही विरोध प्रदर्शनहरूमा हस्तक्षेप गर्न चाहेको बताएको छ। यसले डेनमार्कको लागि महत्त्वपूर्ण नकारात्मक परिणाम ल्याउन सक्छ।”

यद्यपि, डेनमार्क सरकारले अभिव्यक्तिको स्वतन्त्रता मौलिक अधिकार हो र कुनै पनि परिवर्तन संवैधानिक रूपमा ग्यारेन्टी गरिएको अभिव्यक्तिको स्वतन्त्रताको ढाँचा भित्र गरिनु पर्छ, र यो तथ्यलाई परिवर्तन नगर्ने गरी परिवर्तनहरू गरिनु पर्छ भन्ने कुरामा जोड दियो। डेनमार्कमा अभिव्यक्ति स्वतन्त्रताको दायरा निकै फराकिलो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *