युवा संघले हेटौंडामा तीन सय विरूवा राेप्याे

डिसी नेपाल
१६ साउन २०८० १३:४१
152
Shares

हेटौंडा। “संरक्षण प्रकृतिकाे, सुरक्षा सन्ततिको” एक युवा पाँच बिरुवा भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा बृक्ष रोपण अभियान गरिरहेको छ। त्यही अभियान अनुसार मंगलबार हेटौंडा उपमहानगरपालिका-९ मा दिब्य बाल उद्यानमा ३ सय वटा बिभिन्न जातका विरुवा रोपिएको छ।

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा बृक्षा रोपण गरिएको हो। कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष सीता सुवेदीले विरुवा रोपेर कार्यक्रमको सुरुवात गरिन्। कार्यक्रममा बोल्दै उनले देशभरीमा युवाहरुले लाखौं विरुवा रोप्ने तयारी अनुसार काम भइरहेको बताइन्।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठ, युवा संघका केन्द्रीय सचिब जय गुरुङ, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका प्रमुख सन्तोष चौलागाई, युवा संघका नगर उत्प्रेरक निरोज पौडेल, एमाले मकवानपुरका सचिब नविन सिग्देल, एमाले जिल्ला सचिवालय सदस्य मदन दाहाल, एमाले मकवानपुरका नेताहरु मिना अर्याल, आरती पाठक, रमिला सापकोटा, दिलु धर्ति, नरेन्द्र भण्डारी, लक्ष्मण उप्रेती लगायतकाको आतिथ्यता रहेको थियो।

युवा संघले देशैभरी ५ लाख बिरुवा रोप्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *