म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पाँचवटा मुद्दामा माफी दियो
काठमाडौं । म्यानमारको सैन्य सरकारले देशकी पूर्व नेतृ आङ साङ सुकीलाई पाँचवटा मुद्दामा माफी दिएको छ । यसको अर्थ उनको ३३ वर्षको सजाय घटाएर २७ वर्षमा झारिएको छ ।
म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि दुईवटा मुद्दामा आममाफी दिइएको छ, जसले उनको सजाय १२ वर्षबाट घटाएर आठ वर्षमा पुर्याउनेछ।
राजधानी नोयापिडामा रहेको गौतम बुद्धको विशाल मूर्ति उद्घाटनका अवसरमा देशको सैनिक सरकारले ७ हजार ८ सय कैदीलाई माफी दिने घोषणा गरेको थियो ।
माफी पाएका कैदीहरूमा सेनाको सत्ता कब्जा विरोधी प्रदर्शनमा भाग लिनेहरू पनि सामेल छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment