मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

डिसी नेपाल
१६ साउन २०८० २२:०७
100
Shares

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबास्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री मोदीका प्रेस संयोजक वुद्ध लोप्चनले जानकारी दिए।

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताएका थिए ।

मन्त्री मोदीले आवश्यक छलफल गरेर ती विषयलाई अगाडि बढाउने जवाफ दिएका थिए।

त्यसैगरी भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमको प्रभावकारिताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *