कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज, सानो आकारको मन्त्रिपरिषद विस्तार हुने

डिसी नेपाल
१७ साउन २०८० ८:३२
100
Shares

बिराटनगर। कोशी प्रदेश सरकारका लागि दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरे पछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाको शपथ ग्रहण आज हुन लागेको हो। प्रदेश प्रमुख कार्यालयका अनुसार आज बिहान बिहान साढे १० बजे सो सपथग्रहण हुनेछ।

सभामुख बाबुराम गाैतमलाइ राजिनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७ सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। लगत्तै बहुमत सदस्य पुर्‍याएर पुनः नियुक्ति भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ।

गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *