मणिपुर हिंसामा १४ हजार स्कुले बालबालिका घर छोड्न बाध्य

डिसी नेपाल
१८ साउन २०८० १३:०४
48
Shares

काठमाडौं । मणिपुरमा झण्डै तीन महिनादेखि जारी हिंसामा १४ हजार भन्दा बढी विद्यालयका बालबालिका आफ्नो घरबाट विस्थापित भएका छन्, जसले उनीहरूको पढाइ प्रभावित भएको छ।

बुधबार राज्यसभामा एक प्रश्नको लिखित जवाफमा शिक्षा राज्यमन्त्री अन्नपूर्णा देवीले यी विस्थापित बालबालिकामध्ये ९३ प्रतिशतलाई नजिकको विद्यालयमा भर्ना गरिएको बताइन् । उनले भनिन् ‘मणिपुरको वर्तमान अवस्थाका कारण कुल १४,७६३ स्कूले बालबालिकाहरू विस्थापित भएका छन्।’

प्रत्येक राहत शिविरमा भर्ना प्रक्रियामा सहयोग गर्न नोडल अफिसर खटाइएको उनले बताइन् । मे ३ बाट सुरु भएको यस हिंसामा १ सय ६० भन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । ६० हजारभन्दा बढी मानिस आफ्नै राज्यमा शरणार्थी बनेका छन् ।

यसै सन्दर्भमा यसपटक संसदको मनसुन अधिवेशनको कारवाही अझै सुचारु हुन सकेको छैन । बुधबार पनि संसद अवरुद्ध भएपछि बैठक स्थगित भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *