नारायणी नदीमा डुबेर एक युवक बेपत्ता

डिसी नेपाल
१९ साउन २०८० १३:३४
592
Shares

चितवन। देवघाटस्थित नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्।

शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।

१५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए। बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *