चीनमा भूकम्प दर्जनौं घरमा क्षति, १० जना घाइते

डिसी नेपाल
२१ साउन २०८० ९:५०
152
Shares

बेइजिङ। चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ। देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार राती २ः३० बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ, जसमा कम्तीमा १० जना घाइते भएका छन्।

भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो। यसअघि शनिबार अफगानिस्तानमा पनि ५. ८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो। अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *