अष्ट्रेलियाको अदालतले सिखहरूले कृपाण नामको हतियार बोक्न रोक लगाउने कानुनलाई उल्ट्यायो
काठमाडौं । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको अदालतले सिखहरूलाई विद्यालयमा कृपाण बोक्न प्रतिबन्ध लगाउने कानुनलाई ‘असंवैधानिक’ भन्दै खारेज गरेको छ।
अष्ट्रेलियाली मिडिया रिपोर्टका अनुसार क्वीन्सल्याण्ड राज्यको सर्वोच्च अदालतले जातीय भेदभाव ऐन अन्तर्गत यस्तो प्रतिबन्ध असंवैधानिक भएको जनाएको छ।
गत वर्ष एक सिख महिला कमलजीत कौर अठवालले राज्य सरकारविरुद्ध क्वीन्सल्याण्डको अदालतमा निवेदन दिएकी थिइन् । उनले यस्तो प्रतिबन्धले सिखहरू विरुद्ध भेदभाव गर्ने दावी गरेकी थिइन् किनकि कृपाण सिखहरूको पाँच धार्मिक प्रतीक मध्ये एक हो।
यसअघिको अदालतको फैसलाले कृपाणलाई प्रतिबन्ध लगाउनु भेदभावपूर्ण थियो भन्ने सुझावलाई अस्वीकार गरेको थियो।
तर यस हप्ता क्वीन्सल्याण्डको सर्वोच्च अदालतका तीन जना न्यायाधीशहरूले सार्वजनिक स्थान र विद्यालयहरूमा चक्कु बोक्न प्रतिबन्ध लगाउने क्वीन्सल्याण्ड आर्म्स ऐन १९९० को धारा १९७५ को राष्ट्रमण्डल जातीय भेदभाव ऐनको धारा १० सँग असंगत रहेको पाए।
निर्णयमा क्वीन्सल्याण्ड शिक्षा विभागले अदालतको निर्णय बुझ्न प्रयास गरिरहेको बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment