कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

डिसी नेपाल
२३ साउन २०८० ६:४७
172
Shares

चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्। यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *